काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन योजना अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा २०८१ जेठ २८ गते संकटकालीन योजना अभ्यास गरिएको हो ।

आधा घण्टाका लागि गरिएको अभ्यासमा प्राविधिक कारणले आपतकालीन अवतरण गर्दा दुर्घटना भएर नक्कली जहाजमा आगलागी भएपछि यात्रु तथा चालकदलको उद्धार कसरी गर्ने लगायत अभ्यास गरिएको थियो । उद्धारका लागि दमकल, एम्बुलेन्सर उद्धारकर्मी कसरी परिचालित गर्ने भन्ने अभ्यास भएको थियो ।

संकटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासमध्ये ‘एयरक्राफ्ट एक्सिडेन्ट इन एयरपोर्ट’ सम्बन्धी पूर्णकालीन अभ्यास भएको थियो । अभ्यासमा हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्धारसँग सम्बद्ध नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, नेपाल वायुसेवा निगमका कर्मचारी साथै अन्य एयरलाइन्सका कर्मचारीहरु र विभिन्न निकाय संलग्न थिए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड तथा त्रिभुवन विमानस्थलको एयरपोर्ट इमर्जेन्सी प्लानअनुसार वर्षैपिच्छे अनिवार्य यस्तो अभ्यास गर्नुपर्छ ।






रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-06-11
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
