
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संकटकालीन योजना अभ्यास गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको समन्वयमा २०८१ जेठ २८ गते संकटकालीन योजना अभ्यास गरिएको हो ।

आधा घण्टाका लागि गरिएको अभ्यासमा प्राविधिक कारणले आपतकालीन अवतरण गर्दा दुर्घटना भएर नक्कली जहाजमा आगलागी भएपछि यात्रु तथा चालकदलको उद्धार कसरी गर्ने लगायत अभ्यास गरिएको थियो । उद्धारका लागि दमकल, एम्बुलेन्सर उद्धारकर्मी कसरी परिचालित गर्ने भन्ने अभ्यास भएको थियो ।

संकटकालीन योजना अनुसार गरिने विभिन्न अभ्यासमध्ये ‘एयरक्राफ्ट एक्सिडेन्ट इन एयरपोर्ट’ सम्बन्धी पूर्णकालीन अभ्यास भएको थियो । अभ्यासमा हवाई उडान तथा सुरक्षा र मेडिकल एवम् उद्धारसँग सम्बद्ध नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, नेपाल वायुसेवा निगमका कर्मचारी साथै अन्य एयरलाइन्सका कर्मचारीहरु र विभिन्न निकाय संलग्न थिए ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को मापदण्ड तथा त्रिभुवन विमानस्थलको एयरपोर्ट इमर्जेन्सी प्लानअनुसार वर्षैपिच्छे अनिवार्य यस्तो अभ्यास गर्नुपर्छ ।






रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २९ जेष्ठ २०८१, मंगलवार १०:५६
१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

युवाहरुका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री

The Hidden Risks of Sanitary Pads: A Growing Concern for Women’s Health in Nepal

आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

सामान्य विवादमा खुकुरी प्रहार

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ
