काठमाडौं । शब्दयात्रा प्रकाशनको आयोजनामा गएको शनिबार सम्मान समर्पण तथा पुस्तक र गान सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न सात विधाका सम्मान, सात जना राष्ट्रिय प्रतिभामा समर्पण गरिएको थियो भने एउटा पुस्तक र एउटा गान सार्वजनिक गरिएको छ ।

कार्यक्रमको सञ्चालन हरि मञ्जुश्री र समापन प्रा.डा. हेमाङ्गराज अधिकारीले गरेका थिए । कालिका त्रिपाठी पन्तको सभापतित्वमा सम्पन्न कार्यक्रममा सरस्वती सापकोटाले समुद्घाटन, केदारनाथ तिमल्सिनाले रुद्राक्षमाला अर्पण, अमृत अधिकारीले छायाङ्कन तथा स्वराङ्गन र निर्मला श्रेष्ठले सम्मान सामग्रीको व्यवस्थापन गरेका थिए ।

गोपाल पराजुली, जयदेव अधिकारी, पद्मकला–भीमप्रसाद सुवेदी र रुद्रलाल शर्मा धितालको तस्बिरमा पुष्पार्पण गरिएको उक्त कार्यक्रममा चयन समितिका सदस्यहरूलाई लोकेन्द्र ढकालले उपहार समर्पण गरेका थिए । नवराज दाहाल ‘उत्साही’ले कृति सार्वजनिकको व्यवस्थापन गरेका थिए भने शैलेन्द्र सिम्खडाले हास्यव्यङ्ग्य कविता प्रस्तुत गरेका थिए ।

कार्यक्रममा डा. नारायणप्रसाद खनाल, चन्द्रप्रसाद न्यौपाने, लक्ष्मी उप्रेती, बालिका गिरी, जीतबहादुर श्रेष्ठ, उर्मिला ढुङ्गाना सुवेदी र अकुर शाहले शब्दयात्रा प्रकाशन पुस्तकालयका लागि पुस्तकहरू उपहार प्रदान गरेका थिए । पुस्तकालयका तर्फबाट हरिगोपाल प्रधान, शिव बन्जारा र प्रजापति तिमिल्सिनाले ती पुस्तकहरू ग्रहण गरेका थिए ।

सम्मान ग्रहण गर्नेहरूमा डा. हेमाङ्गराज अधिकारी, रामबाबु सुवेदी, डा. नारायणप्रसाद खनाल, ‘वनिता’ साहित्यिक पत्रिका, शैलेन्द्र सिम्खडा, चन्द्रप्रसाद न्यौपाने र लालबहादुर भुजेल रहेका छन् ।

भाषासेवी डा. हेमाङ्गराज अधिकारीमा पद्मकला–भीमप्रसाद सुवेदी भाषासेवा सम्मान समर्पण गरियो । उनलाई उपहार, भेटी र किरीट कोष व्यवस्थापक प्रा. लालानाथ सुवेदीले तथा अभिवन्दनापत्र गीतिभास्कर मच्छेश्वर सापकोटाले समर्पण गरेका थिए । बालसाहित्यकार रामबाबु सुवेदीमा विष्णुमाया–टीकाप्रसाद बालसाहित्य समर्पण गरियो । उनलाई किरीट र उपहार सन्देश पराजुलीले, भेटी कोष व्यवस्थापककी अर्धाङ्गिनी माधवी पराजुलीले तथा अभिवन्दनापत्र डा. हेमाङ्गराज अधिकारीले समर्पण गरिएको थियो ।

समालोचक डा. नारायणप्रसाद खनालमा हरिगोपाल प्रधान समालोचना सम्मान समर्पण गरियो । उनलाई भेटी र किरीट कोष व्यवस्थापक हरिगोपाल प्रधानले तथा अभिवन्दनापत्र रामबाबु सुवेदीले समर्पण गरेका थिए । उनीहरूलाई चयन समितिका संयोजक प्रा. केदारनाथ श्रेष्ठले पुष्पमाला र उपहार समर्पण गरेका थिए ।

‘वनिता’ साहित्यिक पत्रिकाका लागि सम्पादक लक्ष्मी उप्रेती, कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान समर्पण गरियो । उनलाई माला चन्द्रप्रसाद न्यौपानेले, उपहार शैलेन्द्र सिम्खडाले, भेटी डा. नारायणप्रसाद खनालले, किरीट रामबाबु सुवेदीले र अभिवन्दनापत्र डा. हेमाङ्गराज अधिकारीले समर्पण गरेका थिए ।

यसैगरी हास्यव्यङ्ग्यकार शैलेन्द्र सिम्खडामा रुद्रलाल शर्मा हास्यव्यङ्ग्य सम्मान समर्पण गरियो । उनलाई भेटी र किरीट कोष व्यवस्थापक शारदाप्रसाद शर्माका तर्फबाट ढकलप्रसाद धितालले तथा अभिवन्दनापत्र डा. हेमाङ्गराज अधिकारीले समर्पण गरेका थिए । महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेमा वसन्त शर्मा कविताकाव्य सम्मान समर्पण गरियो । उनलाई भेटी र किरीट कोष व्यवस्थापक कविप्रसाद प्याकुरेलका तर्फबाट कविता आचार्यले तथा अभिवन्दनापत्र शैलेन्द्र सिम्खडाले समर्पण गरेका थिए ।
अनुसन्धाता लालबहादुर भुजेलमा जयदेव अधिकारी अनुसन्धान सम्मान समर्पण गरियो । उनलाई भेटी र किरीट कोष व्यवस्थापक राजेन्द्र विरहीले तथा अभिवन्दनापत्र चन्द्रप्रसाद न्यौपानेले समर्पण गरेका थिए । उनीहरू तीनैजनालाई चयन समितिका सदस्य लीलादेवी श्रेष्ठले पुष्पमाला र उपहार समर्पण गरेका थिए ।
उक्त समारोहमा हरि मञ्जुश्रीद्वारा लिखित तथा सङ्गीतबद्ध गान ‘ए रुद्र ओ रुद्र’ सार्वजनिक गरियो । यस गानका गायक वसन्त कुइकेलले गानलाई सार्वजनिक गरेको हो । समारोहमा डा. इन्दुुल केसीद्वारा लिखित ‘हरि मञ्जुश्रीका जागरण गान’ नामक पुस्तक पनि सार्वजनिक गरियो । कृतिकार डा. इन्दुल केसी र अनुसन्धाता लालबहादुर भुजेलले उक्त पुस्तक संयुक्त रूपमा सार्वजनिक गरेका थिए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-31
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
