बालेन शाहले लिए प्रधानमन्त्री पदको शपथ (फोटोफिचर)
  • तस्बिर : राजेन्द्र चित्रकार, घनश्याम श्रेष्ठ

काठमाडौँ । बालेन शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन् । शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई देशको ४३औं प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ गराएका हुन् । 

शपथ अघि ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गरिएको थियो ।

शपथ कार्यक्रममा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, निवर्तमान प्रधानमन्त्री सुशिला कार्कीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

यसअघि आजै राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम प्रतिनिधि सभाका सदस्य बालेनलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-03-27