काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन् । बालेन शाहले आज दिउँसो १२ः३४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा प्रधानमन्त्रीको रूपमा शपथ लिने शुभ साइत निकालिएको छ ।
शपथपछि उनी दिउँसो २ः१५ बजे सिंहदरबार जाने कार्यक्रम तय गरिएको छ । बालेनको शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गर्ने कार्यक्रम पनि तय गरिएको छ । बालेनसँगै आज रास्वपाबाट मन्त्री बन्ने सबैले शपथ लिने बताइएको छ, यद्यपी मन्त्रीको संख्या नाम बारे अहिलेसम्म स्पष्ट भएको छैन ।
रास्वपाले विहिबार बालेनलाई संसदीय दलको नेता चयन गरेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-27
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
