- तस्बिर:- हरि गोपाल प्रधान, राजेन्द्र चित्रकार, एनएफपिजे
काठमाडौं । प्रतिनिधि सभाका नवनिर्वाचित संसद सांसदहरुको पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित २७४ जना सदस्यलाई आज शपथ गराएका हुन् ।

शपथ ग्रहण कार्यक्रम निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्ष, सिंहदरबारमा भएको हो । यसअघि जेष्ठ सांसद केसीले बुधबार नै राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएका थिए ।

शपथ ग्रहण लिन सांसदहरुलाई औपचारिक र आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थिति भएका थिए ।

संघीय संसद सचिवालयका अनुसार नव निर्वाचित सांसदहरुमध्ये ४७ जनाले मातृभाषामा शपथ ग्रहण गरेका छन् । जसमा १७ जनाले मैथिली भाषमा थपथ ग्रहण गरेका छन् । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था रहेको छ ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट प्रत्यक्षतफ १६५ र समानुपातिकतर्फ ११० सांसद निर्वाचित भएका थिए । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा एमालेले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राप्रपाले ५ सिट जितेका छन् । त्यस्तै एक सिटमा स्वतन्त्र सांसद महावीर पुन विजयी भएका छन् ।
















































रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-26
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
