काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठान र सिल्भरलाइन्स अस्पताल, बालाजु, काठमाडौंबीच क्यान्सरको क्षेत्रमा विभिन्न पहलहरूमा साझेदारी गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो सम्झौताले दुवै संस्था बीचको सहकार्यलाई अझ सुदृढ बनाउने र क्यान्सरका बिरामीहरू र अन्य रोगका विरामीहरुका लागि थप सेवा र सुविधा पु¥र्याउने लक्ष्य राखेको छ ।
सम्झौताअनुसार, क्यान्सर निवारणका क्षेत्रमा विभिन्न स्वास्थ्य शिविरहरू र जनचेतना अभियानहरूको आयोजना गरिनेछ । साथै, नेपाल क्यान्सर निवारण प्रतिष्ठानको आजीवन सदस्यहरूलाई र निजको परिवारलाई समेत विशेष सहुलियत र उपचारमा सुविधाहरु उपलब्ध गराइनेछ ।

यस सम्झौतामा सिल्भरलाइन्स अस्पतालका म्यानेजिङ डाइरेक्टर स्वरूपा श्रेष्ठ, अस्पताल निर्देशक ई. संजय श्रेष्ठ, मेडिकल निर्देशक डा. अनिमेष जोशी, नर्सिङ सुपरभाइजर पूजा ढुंगाना, मार्केटिङ श्रृष्टि डंगोल, कार्यक्रम अधिकृत संयुक्ता ताम्राकारको संयुक्त उपस्थितिमा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधान र वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठ (एनएसके)को उपस्थिति रहेको थियो ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै म्यानेजिङ डाइरेक्टर स्वरूपा श्रेष्ठले यस सहकार्यले क्यान्सर उपचार र निरोधनको क्षेत्रमा नयाँ युगको शुरुआत गर्ने विश्वास व्यक्त गरिन् । साथै, क्यान्सर रोगीहरूको उपचार र स्वास्थ्य सेवामा सुधार ल्याउने दिशामा यो सम्झौता महत्वपूर्ण कदम हुने बताइन् ।

सम्झौताअनुसार दुवै संस्थाले क्यान्सर रोकथामका लागि स्वास्थ्य शिविर संचालन, जनचेतना अभियान र रोगीहरुका उपचार प्रक्रियालाई सहज बनाउन विशेष कार्यक्रमहरु संचालन गर्नेछन् ।
नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले सिल्भरलाइन्स अस्पताल बीचको यो सम्झौताले क्यान्सरका बिरामीहरूको जीवनमा नयाँ आशा र विश्वास ल्याउने अपेक्षा जनाए भने वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठले क्यान्सर विरुद्धको अभियानलाई प्रभावकारी बनाउने र सहकार्यलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
