
जनकपुरधाम । मधेश प्रदेशमा जसपा नेपाल नेतृत्वको सरकार ढलेको छ । मधेश प्रदेश सभाको हिजो दोस्रोपटक बसेको बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो ।
विश्वासको मतका लागि गरिएको मत विभाजनमा मुख्यमन्त्री यादवले ५० मत पाए भने विपक्षमा ५३ मत प¥यो । मुख्यमन्त्री यादवलाई जसपा नेपालका १९, कांग्रेसका २२, लोसपाका ८ र राप्रपाका एक जना सांसदले विश्वासको मत दिएका छन् । विपक्षमा एमालेका २४, जनमतका १३, माओवादीका ९, एकीकृत समाजवादीका ७ र नागरिक उन्मुक्ति पार्टीका एक जनाको मत परेको छ ।
यसैबीच मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गरेकी हुन् ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति निकालेर प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न भोलि शुक्रवार बिहान १० बजेसम्मको समय दिएको उल्लेख गरिएको छ ।
Sudina Shrestha
प्रकाशित: २४ जेष्ठ २०८१, बिहीबार ०८:२८
एकीकृत समाजवादीको सचिवालय बैठक असार २२ गतेसम्मका लागि स्थगित

श्रीमतीको हत्या गरेको अभियोगमा बाराबाट एक जना पक्राउ
एसीसी यू-१६ इस्ट जोनको फाइनलमा नेपाल र सिंगापुर भिड्ने

जापानका टापुमा दुई सातामा ९०० भन्दा बढी भूकम्प

सञ्चालनमा आयो विनयी खोलाको पुल

मलाई स्पष्टीकरण सोधिएको छैन, वरिष्ठ नेताहरुले हल्ला चलाए- झाँक्री
