…जब निर्देशक ‘सापटी काका’ म्युजिक अवार्डको निर्णायक बने

काठमाडौं । चर्चित हाँस्य टेलि सिसियल ‘मेरी बास्यै’का निर्देशक तथा कलाकार दिवाकर भण्डारी विभिन्न कार्यक्रमहरुमा निर्णायर्कका रुपमा समेत व्यस्त हुँदै आएका छन् ।

‘मेरी बास्यै’का लेखक समेत रहेका निर्देशक भण्डारीले हालै काठमाडौंमा सम्पन्न ‘मुर्चुङ्गा म्युजिक अवार्ड’मा निर्णायकको भूमिका निर्वाह गरेका थिए । पहिलोपटक आयोजित सो अवार्डमा नेपाली गीतसंगीतका विभिन्न ३० विधामा अवार्ड वितरण गरिएको थियो ।

बरिष्ठ गायिका मिरा राणाको प्रमुख आतिथ्यमा सम्पन्न अवार्ड कार्यक्रममा ४० भन्दा बढी कलाकारलाई सम्मान गरिएको थियो ।
‘सापटी काका’ उपनामले चर्चित निर्देशक भण्डारीले ‘मुर्चुङ्गा म्युजिक अवार्ड’को मुख्य निर्णायकको भूमिका निर्वाह गरेपछि भने, ‘कलाकार भएपछि सबै किसिमका भूमिका गर्नुपर्छ । तर, अभिनय र निर्देशन गर्नुभन्दा अरु कलाकारको निर्णायक बन्नु केही गाह्रो हुँदोरहेछ ।’ उनले अभिनय गर्नु र निर्णायक बन्नुमा फरक रहेको पनि बताए ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-03-21