काठमाडौं । नेपाली सांगीतिक क्षेत्रकी सदावहार लोकप्रिय गायिका अन्जु पन्तले ‘धन्यबाद शत्रु’ बोलको नयाँ गीत ल्याएकी छन् । उक्त गीतमा अञ्जुकै शब्द छ भने संगीत बीबी अनुरागीले गरेका छन् ।
अन्जु पन्तको अफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको उक्त गीतमा गायिका अञ्जुले शत्रुलाई धन्यवाद दिएकी छन् । गीत सार्वजनिक गरेपछि उनले भनेकी छन्, ‘मैले जीवनमा अनेकाँै चोट र घृणा सहेर पनि आज जे जति मानसम्मान र सफलता पाएकी छु, त्यसको कारण मैले पाएको गाली र घृणाहरु नै हुन् । यो गीत त्यसैमा आधारित रहेर बनाएकी हुँ ।’
पाश्र्व गायनमा एकछत्र राज गर्दै आएकी कोकिल स्वरकी धनी अञ्जु पन्त आफ्नो पछिल्लो गीतबारे थप भन्छिन्, ‘मन मुटु छेड्ने गरी आएका गाली र घृणाले मलाई सकारात्मक सोच्न सिकायो, अझै संघर्ष गर्न र बलियो बन्न सिकायो । त्यसैले मेरो हृदयबाट यो धन्यवाद् उहाँहरुलाई नै हो । जसले शत्रु झैँ ब्यबहार गर्नुभयो । मेरो मनमा कसैप्रतिपनि कुनै नकारात्मक भावना छैन, गुनासो पनि छैन ।’
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-13
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
