काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की यतिखेर राजनीतिक बृत्तमा मात्र नभएर सामाजिक सञ्जालसमेत चर्चामा छिन् । जनताले सोचेभन्दा शान्तिपूर्ण रुपमा निर्वाचन गराउन सफल भएपछि प्रधानमन्त्री कार्की चर्चाको विषय बनेकी हुन् । नेपालको पहिलो महिला प्रधानमन्त्री समेत रहेकी उनको अहिले चौतर्फी चर्चा र प्रशंसा भइरहेको छ ।
छोटो अवधिमा समेत शान्तिपूर्ण वातावरणमा निर्वाचन गराउन सफल भएपछि प्रधानमन्त्री कार्कीको अन्तराष्ट्रिय राजनीतिकमा समेत चर्चा भइरहेको छ । यसैबेला कार्कीलाई अब राष्ट्रपति बनाउनुपर्ने चर्चा र माग उठ्न थालेको छ ।
महावीर पुनले चुनाव जितेलगत्तै प्रधानमन्त्री कार्कीलाई अब राष्ट्रपति बनाउनुपर्ने धारणा राखे । म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका पूर्वमन्त्री समेत रहेका पुनले एक भिडियो सन्देश जारी गर्दै वर्तमान राष्ट्रपतिको कार्यकाल सकिएपछि कार्कीलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन् ।
उनले सन्देशमा भनेका छन्, ‘मेरो अन्तर हृदयले प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई हालको सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको कार्यकाल सकिएपछि राष्ट्रपति बनाउनुपर्छ भनेर भनिरहेको छ । किनभने उहाँले साहसपुर्वक देशलाई अत्यन्तै संकटपूर्ण स्थितिबाट निकास दिन नेतृत्व गर्नुभयो । मैले चापलुसी गरेको पटक्कै होइन । कसैले अन्यथा नसम्झनु होला । मनमा लागेको कुरा भनेको मात्र हो ।’
महावीर पुनले मात्र नभएर यतिखेर वर्तमान प्रधानमन्त्री कार्कीलाई देशको राष्ट्रपति बनाउनुपर्ने आवाज उठाउन थालेका छन् । प्रधानमन्त्री कार्कीले देशलाई संकटपूर्ण स्थितिबाट निकास दिएको चर्चा स्वभाविक पनि हो । किनभने जतिखेर उनले अन्तरिम सरकारको प्रधानमन्त्री पदमा सपथ लिँदै गर्दा ६ महिनाभित्र निर्वाचन गराउने जिम्मेवारी उनको काँधमा आएको छ । त्यो जिम्मेवारी सफलतापूर्वक सम्पन्न गराएर देशलाई निकास दिएकी छन् ।
यस अर्थमा पनि अब सुशीलाई कार्कीलाई राष्ट्रपति बनाउनुपर्ने आवाज उठ्न थालेको हो । त्यसैले जनअपेक्षालाई बुझेर अब बन्ने सरकारले उनलाई राष्ट्रपति बनाउनुपर्छ । जनचाहना अनुसार काम गर्नु जननिर्वाचित सरकारको दायित्व पनि हो । यो कुरा अब बन्ने नयाँ सरकारले बुझनुपर्छ ।
यस्तै, इन्दिरा राना मगरलाई सभामुख बनाउनपर्ने माग पनि उठ्न थालेको छ । समाजसेवामार्फत राजनीतिकमा होमिएकी राना मगर यसअघि उपसभामुख भइसकेकाले अब उनलाई सभामुख बनाउनपर्ने जनस्तरबाट आवाज उठिरहेको छ । जुन जायज पनि छ ।
समाजमा आफ्नै किसिमको पहिचान बनाएकी राना मगर यो पटक रास्वपाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी छन् । तर, उनलाई एक सांसदमात्र नभएर नागरिक सभामुखको रुपमा देख्न चाहन्छन् । उक्त कुरा सामाजिक सञ्जालहरुमा अहिले पोखिरहेको छ । त्यसैले अब बन्ने नयाँ सरकारले राना मगरलाई सभामुख बनाएर जनचाहनाको कदर गर्नु पर्ने देखिन्छ ।
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले झण्डै दुई तिहाइ बहुमत ल्याएको छ । यसका साथै, रास्वपाले सरकार गठनको प्रक्रिया सुरु गरेको छ । रास्वपालाई त्यतिकै यो जनादेश प्राप्त भएको होइन । पुराना दल र नेताहरुबाट वाक्क दिक्क भएर देश र जनताका लागि केही गर्छ कि भन्ने आशा र भरोसा गरेर जनताले त दिएको हो ।
त्यसैले पनि रास्वपाको एकल यो सरकारले जनचाहना र अपेक्षालाई मूर्तरुप दिँदै जानुपर्छ । त्यसैले अहिले जनस्तरमा सुशीला कार्कीलाई राष्ट्रपति र इन्दिरा राना मगरलाई सभामुख बनाउनुपर्ने जनआवाजलाई रास्वपाले कदर गर्दै सम्बोधन गनुपर्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-11
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
