काठमाडौँ । नेपाल राष्ट्र बैंकका दुई डेपुटी गभर्नर पद सोमबारदेखि रिक्त भएका छन् । डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्रको पाँच वर्षे कार्यकाल समाप्त भएपछि उक्त पद खाली भएको हो । उनीहरू २०७७ फागुन २७ गते डेपुटी गभर्नरमा नियुक्त भएका थिए ।
पद रिक्त भएपछि नयाँ डेपुटी गभर्नर को बन्ने भन्ने विषयमा चर्चा सुरु भएको छ । राष्ट्र बैंक ऐनअनुसार गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ । गभर्नरले राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूमध्ये चार जनाको नाम सिफारिस गर्ने र तीमध्येबाट मन्त्रिपरिषद्ले दुई जनालाई डेपुटी गभर्नर नियुक्त गर्ने प्रावधान रहेको छ ।
हाल राष्ट्र बैंकमा १८ जना कार्यकारी निर्देशक रहेकाले उनीहरू सबै डेपुटी गभर्नर पदका सम्भावित प्रतिस्पर्धी मानिएका छन् ।
यसैबीच गभर्नर विश्वनाथ पौडेलले सिफारिसको तयारी गरेको बताइएको छ । नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेको अवस्थामा अहिलेको सरकारले नियुक्ति गर्ने वा नयाँ सरकारलाई छोड्ने भन्ने विषयमा चासो बढेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-10
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
