काठमाडौँ । काठमाडौँ महानगरपालिकाले राजधानीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ । महानगरले वायु प्रदूषणका कारण जनस्वास्थ्यमा पर्ने असर कम गर्न सबै नगरवासीको सहयोग आवश्यक रहेको जनाएको छ ।
महानगरपालिकाले सवारीसाधनको नियमित मर्मत गर्न र तोकिएको प्रदूषण मापदण्डभित्रका सवारी मात्र प्रयोग गर्न आग्रह गरेको छ । साथै प्लास्टिक तथा अन्य फोहर नजलाउन र निर्माण सामग्री सडक तथा फुटपाथमा थुपारेर राख्न नदिन पनि अनुरोध गरेको छ ।
त्यस्तै निर्माण सामग्री ढुवानी, लोड-अनलोड गर्दा धुलो र धुँवा कम निस्कने उपाय अपनाउन महानगरले सुझाव दिएको छ । साथै उद्योग, कलकारखाना र अस्पतालहरूले पनि काठमाडौँ महानगरपालिका प्रदूषण नियन्त्रण मापदण्ड २०८१ अनुसार तोकिएको वायु गुणस्तर र धुँवा सम्बन्धी नियमभित्र रहेर मात्र सञ्चालन गर्नुपर्ने बताइएको छ ।
महानगरले उद्योगहरूमा वायु प्रदूषण कम गर्ने उपकरण प्रयोग गर्न तथा नागरिकलाई व्यक्तिगत सुरक्षाका लागि बाहिर हिँड्दा मास्क प्रयोग गर्न समेत आग्रह गरेको छ ।
वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँको एयर क्वालिटी इन्डेक्स विश्वकै दोस्रो धेरै १८६ रहेको छ, जुन चिन्ताजनक अवस्था हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-10
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
