- तस्बिर:- रामकृष्ण गर्तौला
काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठानले विश्व नारी दिवसको उपलक्षमा स्तन तथा पाठेघरको मुखको क्यान्सर सचेतना तथा अन्तक्र्रिया कार्यक्रम गरेको छ ।

होलिडे इन एक्सप्रेस टंगाल, काठमाडौंमा भएको कार्यक्रममा २८ जना महिलाले भाग लिएका थिए । उक्त कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरका रेडियसन अनकोलोजिष्ट डा. गरिम प्रसाईले अन्र्तक्रिया कार्यक्रम संचालन गरेका थिए ।


कार्यक्रममा काठमाडौं क्यान्सर सेन्टरबाट वर्षा कोइराला, आकाशको उपस्थिति थियो । नेपाल क्यान्सर निवारण प्रतिष्ठानको तर्फबाट अध्यक्ष हरि गोपाल प्रधान, वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठ (एनएसके), चिफ प्रोग्राम अफिसर युविका श्रेष्ठ, अभिषा रसाइँली र फोटोग्राफर रामकृष्ण गड्तौलाको उपस्थिति थियो ।

कार्यक्रममा अध्यक्ष हरि गोपाल प्रधानले समयमै जानकारी, सचेतना र परीक्षण गराउन सकेमा यसप्रकारको दीर्घकालिन रोगहरुबाट धेरै हदसम्म बच्न सकिन्छ र उपचार पनि सम्भव हुन्छ साथै यस कार्यक्रमको मुख्य उद्देश्य महिलालाई सचेत बनाउने, समयमै परीक्षण गराउन प्रेरित गर्ने तथा खुल्ला रुपमा अनुभव र जानकारी आदनप्रदान गर्ने वातावरण सिर्जना गर्नु पर्ने बताएका थिए ।

कार्यक्रममा डा. गरिम प्रसाईलाई सम्मानित गर्दै नेपाल क्यान्सर निवारण प्रतिष्ठानको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए । साथै होलिडे इन एक्सप्रेस होटललाई पनि धन्यवाद दिँदै अध्यक्ष हरि गोपाल प्रधान र वरिष्ठ उपाध्यक्ष निर्णय श्रेष्ठ (एनएसके)ले होटलका मेनेजिङ्ग डाइरेक्टर भर प्रसादलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमकै सिलसिलामा उपस्थित सबै महिला सहभागीहरुलाई सम्मान स्वरुप प्रमाणपत्र पनि प्रदान गरेका थिए ।

होटल होलिडे इन एक्सप्रेसबाट पनि नेपाल क्यान्सर निवारण प्रतिष्ठानका सबै पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा सितु श्रेष्ठ, रश्मी शाह कार्की, भवानी खड्का, मञ्जु नगरकोटी, मनिषा विश्वकर्मा, प्रजिना प्रधान, आरती बुढाथोकी, शिला श्रेष्ठ, बिन्दा श्रेष्ठ, सुस्मिता लाप्चा, सुष्मा थारु, सोनु भुजेल, स्नेहा शाक्य, अश्मा कुमारी थापा, पुजन थेबे, अरिना तामाङ, पार्वती थापा मगर, अलिजा तामाङ, जस्मिना मगर, अनुषा डंगोल, ममता भुसाल, सोनिका थापा, सजनी आले मगर, शिरु शाही, सोनी राई, प्रेरणा आले मगर, करिश्मा श्रेष्ठ, छिरिङ छोटिन शेर्पाको सहभागिता रहेको थियो ।

सो कार्यक्रममा होलिडे इन एक्स्प्रेसका एचआर हेड कृति ढकालले सहभागी अथितिहरुलाई धन्यवाद व्यक्त गरेका थिए ।


































रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-09
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
