काठमाडौँ । २२ भन्दा बढी दल र समुह मिलाएर बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षमा ७ सिट मात्रै जितेको छ ।
अब केबल ३ सिटमा मात्र मत गणना जारी रहेको बेला नेकपा कुनै पनि स्थानमा अगाडी रहेको छैन । मधेशको धुनषा- १ मा भने मत गणना स्थगन भएको छ, जहाँ सुरुवाती अग्रता नेकपा उम्मेदवार मात्रिका यादवले लिए पनि पछिल्लो समय पछि परेका छन् ।
नेकपाले लुम्बिनी प्रदेशबाट रुकुमपूर्वबाट संयोजक पुष्पकमल दाहाल प्रचण्ड, रोल्पाबाट बर्षामान पुन विजयी भए भने कर्णालीबाट रुकुम पश्चिमबाट गोपाल शर्मा, सल्यानबाट रमेश मल्ल, डोल्पाबाट धनबहादुर बुढा र कालीकोटबाट महेन्द्रबहादुर शाही विजयी भएका छन् ।
त्यस्तै बागमतीबाट सिन्धुपाल्चोक–२ बाट युवराज दुलाल विजयी भएका छन् ।
कुल ७ सिट जित्दा नेकपा चार प्रदेशमा भने निल बनेको छ । नेकपाले कोशी, मधेश, सुदूरपश्चिम र गण्डकीमा १ सिट पनि जित हासिल गरेको छैन ।
त्यस्तै समानुपातिकतर्फ पनि नेकपाको राम्रो मत देखिएको छैन । अहिलेसम्मको मत गणनामा ५ लाख ६० हजार मत पाएको नेकपाले साढे ६ प्रतिशतको हाराहारीमा मत पाउने देखिन्छ । गत निर्वाचनमा तत्कालिन माओवादी केन्द्रले मात्र समानुपातिकतर्फ ११ लाख७५ हजार ६८४ मत प्राप्त गरेको थियो
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-09
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
