काठमाडौँ । पूर्व शिक्षामन्त्री महावीर पुनले सुशिला कार्कीलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका छन् । पुनले भिडियो सन्देश जारी गर्दै वर्तमान राष्ट्रपतिको कार्यकाल सकिएपछि कार्कीलाई राष्ट्रपति बनाउन प्रस्ताव गरेका हुन् ।
उनले सन्देशमा भनेका छन्- ‘मेरो अन्तर हृदयले प्रधानमन्त्री सुशीला कार्कीज्यूलाई हालको सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको कार्यकाल सकिए पछि राष्ट्रपति बनाउनु पर्छ भनेर भनिरहेको छ । किनभने उहाँले साहसपुर्वक देशलाई अत्यन्तै संकटपूर्ण स्थितिबाट निकास दिन नेतृत्व गर्नुभयो । मैले चापलुसी गरेको पटक्कै होइन । कसैले अन्यथा नसम्झनु होला । मनमा लागेको कुरा भनेको मात्र हो ।’
पुनले हालै सम्पन्न निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवार बनेर चुनाव जितेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-09
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
