काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।
हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ। कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।
आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भामामा साधारणतया बादल लाग्नेछ। बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भामामा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ, बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-09
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
