काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।
समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म ७७ लाख ३ हजार १६ मत गणना भएको छ ।
जसमा रास्वपाले ३७ लाख २५ हजार ८३४ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४८.४ प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १२ लाख ५६ हजार २१ मत अर्थात १६.३ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले १० लाख ६४ हजार ७१८ अर्थात् १३.८ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ४६ हजार १९८ मत प्राप्त गरेको छ भने राप्रपाले २ लाख ६२ हजार ७३ मत पाएको छ ।
त्यस्तै श्रम संस्कृति पार्टीले २ लाख ५२ हजार ७४० मत पाएको छ उज्यालो नेपाल पार्टीले समानुपातिकतर्फ उम्मेदवार बनाएको राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ४ हजार ८७० मत प्राप्त भएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-09
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
