दुई तिहाइ बहुमतको सरकार बनाउने तयारीमा रास्वपा, पहिलो बैठकमा यस्तो निर्णय गरोस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ बहुमत नजिक पुगेको छ । जारी मतगणनाको नतिजालाई नजरअन्दाज गर्ने हो भने पनि रास्वपाले दुई तिहाइ बहुमत पु¥याउने देखिन्छ ।

यो समाचार बनाइरहँदा रास्वपाले ४९ सिटमा विजयी हासिल गरेको छ भने समानुपातिकतर्फ समेत रास्वपाले एक लाख २६ हजारभन्दा बढी मत पाइसकेको छ । यो मत अझ बढ्न सक्छ ।

हालसम्म रास्वपाले समानुपातिकतर्फ पाएको मत ७० प्रतिशत भन्दा बढी हो । त्यसैले प्रत्यक्षतर्फ ११५ सिट हासिल गरेको खण्डमा रास्वपाको दुई तिहाइ स्पष्ट बहुमत पुग्ने छ ।

कुल २७५ सिट रहेको प्रतिनिधिसभाको १६५ प्रत्यक्ष सिटमध्ये हाल १६१ क्षेत्रमा मतगणना भइरहेको आयोगले जनाएको छ । तीमध्ये दिउँसो साढे ३ बजेसम्म रास्वापाले ४९ मा जित अनि ७३ मा भार मतान्तरसहित अग्रता कायम गरेको छ । त्यो भनेको ७४ प्रतिशत वा लगभग तीन चौथाइ हुन आउँछ ।

समानुपातिकमा चाहिँ रास्वपाले साढे दुई लाख मत गनिसक्दा ७० प्रतिशत हाराबारी मत ल्याएको छ । दुई तिहाइ बहुमत ल्याउन १८४ सिट आवश्यक पर्छ । ४ स्थानका लागि मतगणना सुरु हुनै बाँकी छ । हालसम्मको मत परिणाम अनुसार पनि रास्वपाले दुई तिहाइ बहुमत पु¥याउनेमा दुविदा देखिँदैन । रास्वपाले स्पष्ट दुई तिहाइ बहुमत ल्याएको खण्डमा उसले एकल सरकारले गठन गर्नेछ । जसबाट स्थिर सरकारको अपेक्षा गर्न सकिन्छ ।

अब बन्ने सरकारको पहिलो निर्णय

बिहीबार सम्पन्न निर्वाचनको मत गणना सकिन अब धेरै समय लाग्दैन । मतगणना सुरु हुन बाँकी चार स्थानबाहेक हाल जारी गणना अबको केही घण्टामै सकिने छ । मतगणना सकिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढ्ने छ ।

नयाँ सरकार रास्वपाका बरिष्ठ नेता बालेन शाहको नेतृत्वमा गठन हुनेमा कुनै शंका छैन किनकि रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रुपमा अगाडि सारिसकेको छ । त्यसैले पनि अब बन्ने बालेन नेतृत्वको रास्वपाको सरकारले केही नयाँ र जनमुखी निर्णय गर्न आवश्यक छ ।

बालेन नेतृत्व सरकारको पहिलो क्याविनेट बैठकले नेपालीपन झल्काउन निजामति कर्मचारी, मन्त्री र सांसदहरुका लागि राष्ट्रिय पोषक दाउरा सुलवाल अनिवार्य गर्नुपर्छ । महिलाको हकमा सारी अनिर्वाय गर्नपर्छ । यसो गरेमा नागरिकले नयाँ सरकारसँगै नयाँपन पाउनेछन् ।

त्यस्तै, निर्वाचन प्रहरी (म्यादी प्रहरी)लाई स्थायी नियुक्ति गर्ने निर्णय गरेको खण्डमा सरकारले वाहीवाही पाउनेछ । सरकारले पहिलो बैठकमै यस्तो निर्णय गरेमा नेपाली युवा केही हद भएपनि विदेश पलायनबाट रोकिनेछन् । युवा विदेश पलायनबाट रोक्नु र विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काएर रोजगारी दिने रास्वपाको नारा पनि हो । त्यसैले बालेन नेतृत्वको सरकारले निर्वाचन सम्पन्न गर्नका लागि भर्ना गरिएका अस्थाइ निर्वाचन प्रहरीलाई स्थायी गर्ने निर्णय गर्नुपर्छ । देशको विकास र समृद्धिका लागि युवालाई विदेश पलायन हुनबाट अब बन्ने सरकारले रोक्नु सक्नुपर्छ ।

त्यस्तै, छोटो अवधिमै शान्तिपूर्ण रुपमा निर्वाचन गराउने सफल प्रधानमन्त्री सुशीला कार्कीलाई अबको राष्ट्रपति बनाउनुपर्छ । पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री कार्कीलाई राष्ट्रपति नियुक्ति गर्नुअघि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेले राजिनामा दिनुपर्छ । पौडेल नेपाली कांग्रेसको तर्फबाट राष्ट्रपति भएको र कांग्रेको सर्वनाक हार भएकोले नैतिकताका आधारमा पनि उनले राजीनामा दिनुपर्छ ।

यस्तै, रास्वपाले दुई तिहाइ बहुमतको सरकार गठन गरेको खण्डमा संविधान संशोधन गर्न सक्छ । नेपालको संविधान संशोधन गर्न दुई तिहाइ बहुमतको सरकारले पाउने छ ।

संविधान संशोधनसँगै नेपाललाई हिन्दू राष्ट्र कायम गर्दै प्रदेश खारेज गर्ने निर्णय गर्नुपर्छ । देशका अधिकांश नागरिक प्रदेश खारेजको पक्षमा रहेकोले बालेन नेतृत्वको सरकारले पहिलो बैठकमै यस्तो निर्णय गर्नुपर्छ ।

र, रास्वपाले इन्दिरा राना मगरलाई मन्त्री पद नभएर सभामुख वा उपराष्ट्रपति बनाओस् किनकि सामाजिक सेवाबाट राजनीतिमा आएकी रानाले उपसभामुखको हैसियतमा कार्य गरिसकेकाले पनि अब बन्ने सरकारले उनलाई सभामुख वा उपराष्ट्रपति बनाउनुपर्छ । यसो गरेको खण्डमा बालेन नेतृत्वको सरकारले सुरुवाती दिनमै चर्चा र वाहवाही पाउनेछ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-03-07