काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाह चढेको हेलिकप्टर उडेको केही समयमै काठमाडौं फर्कियो । शाह झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार छन्।
काठमाडौंको सिनामंगलमा बिहीबार बिहान मतदान गरेपछि उनी झापा जान त्रिभुवन विमानस्थलबाट हेलिकप्टर चढेका थिए । तर, हेलिकोप्टर ओखलढुंगाको आकाहबाटै फर्कियो । हेलि एभरेष्टका प्रदीप गौतमका अनुसार हेलिकप्टर उडेर ५२ नटिकल माइल पर पुगेपछि फर्काइएको थियो। उनले हेलिकप्टर फर्कनुका पछाडि प्राविधिक कारण नभएको पनि बताएका छन्।
शाहका निकट सहयोगी सुरेन्द्र बजगाईंका अनुसार हेलिकप्टर चढ्ने अनुमति प्राप्त भएपनि सुरक्षाका कारण काठमाडौं फर्किएको हो । उनका अनुसार हेलिकप्टर प्रयोग गर्ने अनुमति फागुन २० गते नै प्राप्त भएको थियो । अनुमति लिएर नै हेलिकप्टर प्रयोग गरिएको हो। तर, सुरक्षा निकायले झापा नजान सुझाव दिएपछि उनी बाटोबाटै फर्किएको उनको भनाइ छ । तर, उनले कुन सुरक्षा निकायले यस्तो सुझाव दिएको भन्ने चाहिँ खुलाएनन्।
उनले ुसेक्युरिटी एजेन्सीले फर्किन भनेपछि फर्किएको बताउँदै भने, ‘त्यसो भनेपछि हामी फर्कियौं। अरू कुनै कारण छैन ।’ शाह चढेको हेलिकोप्टर फर्किएसँगै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पनि झापा जाने तयारी रद्द भएको छ । ओली पनि झापा–५ का उम्मेदवार हुन्् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-03-05
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
