कलाकारको होली सामाजिक सञ्लालमै सिमित !

काठमाडौं । होलीको रौनक पहिलेजस्तो छैन । पछिल्लो समय होली परम्परा धान्नमै सिमित भएको छ । यस्तै, कलाकारहरुले पनि होलीको परम्परा धान्दै आएका छन् । तर, यस पटक कलाकारको होली सामाजिक सञ्जालमै सिमित देखिएको छ ।

कलाकारहरुले आज आ-आफ्नै शैलीमा फागु पूर्णिमा अर्थात होली मनाएका छन् । उनीहरुले रङ दलेर होली मनाएको फोटो र भिडियो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् ।

नेपाल गतिशिल पार्टीको तर्फबाट काठमाडौं–५ को उम्मेदवार बनेकी अभिनेत्री निशा अधिकारीले भोट माग्दै होली मनाएकी छिन् । उनले अभिनेता राजेश हमालसँग होली मनाइरहेको फोटो सार्वजनिक गरेकी छन् । हाँस्य अभिनेता हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, केकी अधिकारी, महेश त्रिपाठी, उषा उप्रेती, दीपाश्री निरौला लगायतका कलाकारले होली मनाएको फोटो र भिडियो सार्वजनिक भएको छ ।

यस्तै, अभिनेता विपिन कार्कीले चितवन पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ का उम्मेदवार रवि लामिछाने र पत्नी तथा फिल्मकर्मी निकिता पौडेलसँग होली मनाएका छन् । अभिनेत्री करिश्मा मानन्धरले अघिल्ला होलीको अवसरमा गोदावरीस्थित निवासमा होली कार्यक्रम आयोजना गर्दै आएकी थिइन् । तर, यसवर्ष भनेउनले आयोजना गरिनन् । सोमबार पहाडी क्षेत्रमा फागु पूर्णिमा मनाइन्छ भने मंगलबार तराई क्षेत्रमा होली मनाउने गरिएको छ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-03-02