काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा अर्थतन्त्रका समग्र क्षेत्रमा सुधार आएको दाबीसहित आर्थिक सर्वेक्षण २०८०/८१ सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले हिजो प्रतिनिधि सभा बैठकमा आर्थिक सर्वेक्षण प्रतिवेदन पेश गरेका हुन् ।
कृषि, यातायात तथा भण्डारण, आवास तथा भोजन, वित्तीय तथा बीमा र पेशागत वैज्ञानिक क्षेत्रमा भएको वृद्धिका कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ८७ प्रतिशत रहने सरकारले अनुमान गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १ दशमलव ०५ प्रतिशतमात्रै भएको थियो ।
गैरकृषि क्षेत्रतर्फ उत्पादनमूलक उद्योग र निर्माण बाहेक अरु क्षेत्रको उत्पादन बढ्ने अनुमान छ । कृषि क्षेत्रको उत्पादन ३ दशमलव ०५ र गैरकृषि क्षेत्रको उत्पादन वृद्धि ३ दशमलव ७५ प्रतिशत हुने अनुमान छ ।
सरकारले लगानी अभिवृद्धि, कर्जा विस्तार, आयातमा सुधार र पर्यटन आगमन बढ्दै जाने अनुमान पनि गरेको छ । चालु खर्चलाई मितव्ययी बनाउँदै लगे पनि राजश्व सङ्कलनमा अपेक्षित सुधार हुन नसकेको सर्वेक्षणले देखाएको छ । सर्वेक्षणमा जलवायु परिवर्तनजन्य घटनामा हुने वृद्धिले सरकारको आकस्मि दायित्व बढ्ने उल्लेख छ । सर्वेक्षणअनुसार औसत आयु बढेको छ भने जनसङ्ख्या वृद्धिदर घटेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-05-27
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
