यस कारण यो निर्वाचनमा युवा जाग्नुपर्छ

काठमाडौं । देश यतिखेर चुनावमय भएको छ । फागुन २१ गते नजिकिँदै गर्दा राजनीतिक दलका नेताहरु जनताको घरदैलो पुगेर मत मागिरहेका छन् । नेताहरुले जनताको मन जित्न विभिन्न प्रतिवद्धता जनाउँदै आश्वासन बाढिरहेका छन् । जहाँ पुराना दल र नेताहरु पनि छन् । तर, पुराना नेताहरुको आश्वासनले दिक्क भएका नेपाली जनतामा नयाँ उदाएका राजनीतिक दल र नेताहरुप्रति केही आशा जगाएको छ । विशेषतः यस पटकको निर्वाचनमा युवापुस्ता सजग हुनुपर्ने देखिन्छ ।

अहिलेको निर्वाचन युवापुस्ता अर्थात जेनजी आन्दोलनले नै उब्जाएको हो । यदि पुराना दल र नेताहरुले मिठो प्रतिवद्धताहरु आश्वासनमा मात्र सिमित नगरी जनताको हक, हित र देश विकासमा ध्यान दिएको भएको ०८४ मा हुने निर्वाचन दुई वर्षअगाडि नै पक्कै हुने थिएन ।

हो, त्यसैले पनि फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनमा युवाको अधितम सहभागिता गराउन आवश्यक छ र युवाले यो कुरा मनन गर्नुप¥र्यो कि अब देश युवाले हाँक्नुपर्छ । त्यसैले यसपटक निर्वाचनमा मतदानमा युवाहरु सक्रिय भएर लाग्ने वातावरण बनाउन आवश्यक छ । नत्र, जेनजी आन्दोलनका मागहरु तुहिने अवस्था नआउला भन्न सकिन्न किनकि, यो निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उही प्रवृतिका नेताहरु पनि उही आफ्नो पुरानो एजेण्डा र आश्वासनहरु बाँड्दै मत मागिरहेका छन् ।

जबकि, गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ओली नै देशका प्रधानमन्त्री थिए । तर, आन्दोलनमा युवा र किशोरहरु ढलिरहँदा उनी मकदर्शकमात्र भएनन्, युवाको आन्दोलन र मागलाई वेवास्था गर्दै उल्टै खिल्लि उडाइरहेका थिए । जसको परिणामस्वरुप प्रधानमन्त्री निवासबाट सेनाको हेलिकोप्टर चढेर भाग्ने अवस्था आएको थियो ।

तर, सात महिना नवित्दै हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा उही एमाले अध्यक्ष ओली पुनः देशको प्रधानन्त्री बन्ने सपना र उद्देश्यसहित चुनावी मैदानमा उत्रिएका छन् । त्यसैले पनि युवाहरु सजग हुन आवश्यक छ । यहाँ ओलीको विरोध गरिएको होइन, ओली जस्ता नेताहरुको आचरण र आश्वासनको ओलोचना गरिएको हो ।

व्यक्ति आफैंमा खराब ह्ुँदैन, खराब त उसको आचरण र व्यवहार हो । भ्रष्टाचारीको नाम समेत सुन्न चाहन्न भन्ने ओली आफू सत्तासिन हुँदा देशमा सबैभन्दा बढी भ्रष्टाचार भएको छ । तर, ती कुरा उनी कहिल्यै स्वीकार्दैनन् । जेनजी आन्दोलन उत्पन्न हुनुको मुख्य कारण पनि ओली जस्ता नेताहरुले नै हो ।

त्यसो त पुराना राजनीतिक दलभित्र पनि राम्रा नेताहरु छन् । तिनीहरुलाई भने युवाहरुले समर्थन गर्न जरुरी छन् । नेपाली कांग्रेस जस्तो प्रजातन्त्रिक पार्टीका युवा नेताहरुको प्रचार प्रसार गर्न आवश्यक छ, जसले देश र युवाका लागि जोडबल गरिरहेका छन् ।

युवा राष्ट्रको मेरुदण्ड हो । युवा राज्यका नेतृत्वकर्ता, नीति निर्माता, प्रशासक, उद्यमी, कर्मचारी तथा देशको आवश्यक जनशक्ति हुन् जसले आर्थिक वृद्धि र विकासलाई अगाडि बढाउँछन् । त्यसैले मुलुक चुनावमय भइरहँदा युवा नेतृत्वले स्थानीय सरकारलाई पनि भोटिभेसन गर्न जरुरी छ । देशको विकास हुन स्थानीय तहको मुख्य देन हुन्छ ।

देशको विकासमा लागि धार्मिक र सांस्कृतिक पक्षको पनि मुख्य मानिन्छ । त्यसैले युवाले नेपालको दुई नजिकका छिमेकी मुलुक भारत र चीनको धार्मिक, सांस्कृतिक र मित्रवतः सम्बन्धबारे पनि चर्चा गर्नुपर्छ । युवाले यसतर्फ पनि ध्यान दिनुपर्छ । युवा सवल र सक्षम भएमात्र देश विकास हुन्छ भन्ने कुरा छर्लङ्ग भइसकेको छ ।

देशको आर्थिक विकासमा युवाको भूमिका अतुलनीय हुन्छ । युवा तयार गर्न लामो समय लाग्ने र युवालाई खपत गर्दा देशको विकास सहज हुने भएकाले नै विकसित देशले युवालाई आफ्नो देशमा ल्याउने कार्यक्रमहरु अघि सारेका हुन्छन् । युवा वेरोजगार हुनु, कुनै पनि पेशा वा काममा युवाको ध्यान नजानु देश विकासमा समस्या सिर्जना हुनु हो ।

युवाले समृद्ध र निर्माणकारी राष्ट्र निर्माणमा भूमिका खेल्दछन् र खेल्नुपर्छ । तर, नेपालको राजनीतिक परिवेशमा युवाहरूलाई सामाजिक, राजनीतिक, र संस्थागत चुनौतिहरू सामना गर्नुपर्ने समस्या छ । युवाहरूको समृद्धिले देशलाई समृद्ध बनाउँछ । समृद्ध नेपाल र सुखी नेपालीको नारालाई पूरा गर्न युवालाई राजनीतिमा प्रयोगभन्दा अवसर प्रदान गर्न जरुरी छ ।

नेपालको संविधान अनुसार २१ वर्ष पूरा भएको व्यक्ति स्थानीय तहमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य हुन पाउँछन् । प्रतिनिधि सभाका लागि २५ वर्ष र राष्ट्रिय सभाका लागि ३५ वर्ष उमेर पूरा भएको व्यक्ति उक्त सदनको सदस्य हुन सक्ने संबैधानिक व्यवस्था छ ।

संबैधानिक व्यवस्थाले युवाहरूलाई राजनीतिक नेतृत्वमा पुग्न ठूलो अवसर सिर्जना गरिदिएको छ । यद्यपि, नेपालमा राजनीतिक सहभागिताका सन्दर्भमा युवाले अनेकौँ चुनौती र अफ्ठ्याराहरु सामना गर्नुपर्ने अवस्था छ । त्यसबा बाबजुद यसपटक राजनीतिक नेतृत्वमा युवाको उपस्थिति बढाउन जरुरी छ । र, युवालाई राजनीतिक आचरणमा इमान्दारिता, पारदर्शिता र सम्मान प्रवद्र्धन गरेर उनीहरुलाई उदाहरणीय बनाउनुपर्छ ।

नैतिक मापदण्डहरू कायम राखेर प्रतिबद्धता प्रदर्शन गराउँदै जिम्मेवार चेतयुक्त युवाको विकास गर्नुपर्छ । आगामी दिनको दिशानिर्धारण गर्न युवालाई निर्णय प्रक्रियामा समावेश गराउन आवश्यक छ । त्यसका लागि आसन्न निर्वाचनमा युवाहरु जाग्न आवश्यक छ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-02-26