काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले महिला टी-२० विश्वकप २०२६ को पूर्ण तालिका सार्वजनिक गरेको छ ।
प्रतियोगिता आगामी १२ जुनदेखि ५ जुलाईसम्म इङ्ग्ल्यान्ड र वेल्समा सञ्चालन हुनेछ । यस पटक समूह चरणमै भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएपछि प्रतियोगिताले सुरुदेखि नै विशेष आकर्षण पाउने अपेक्षा गरिएको छ ।
भारत र पाकिस्तानबीचको खेल १४ जुनमा एजबेस्टन मैदानमा हुनेछ । प्रतियोगितामा कुल १२ टोली सहभागी रहनेछन्। आयोजक इङ्ग्ल्यान्डसहित बंगलादेश, आयरल्यान्ड, नेदरल्यान्ड्स र स्कटल्यान्ड छनोट चरण पार गर्दै प्रतियोगितामा पुगेका हुन् । यस संस्करणमा चार युरोपेली राष्ट्रको सहभागिता पहिलोपटक देखिएको छ ।
समूह- १ मा अष्ट्रेलिया, दक्षिण अफ्रिका, भारत, पाकिस्तान, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् भने समूह- २ मा वेस्ट इन्डिज, इङ्ग्ल्यान्ड, न्युजिल्यान्ड, श्रीलङ्का, आयरल्यान्ड र स्कटल्यान्ड छन् ।
उद्घाटन खेल १२ जुनमा इङ्ग्ल्यान्ड र श्रीलङ्काबीच हुनेछ। सेमिफाइनल खेल ३० जुन र २ जुलाईमा द ओभलमा तथा फाइनल ५ जुलाईमा ऐतिहासिक लर्ड्स क्रिकेट मैदानमा आयोजना गरिने तालिकामा उल्लेख छ ।
आइसीसीका प्रमुख कार्यकारी अधिकृत सञ्जोग गुप्ताले विश्वकपले विश्वव्यापी विस्तारमा नयाँ अध्याय थप्ने विश्वास व्यक्त गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-25
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
