काठमाडौं । यतिखेर देश निर्वाचनमा होमिएको छ । नेताहरु मत माग्न जनताको घरदैलो चहारिरहेका छन् । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । यो जनताका लागि सही नेता छान्ने मौका पनि हो । नेताहरुले पनि जनताको मन जित्न अनेक नारा र प्रतिवद्धतासहित मत मागिरहेका छन् ।
यसैक्रममा काठमाडौंको निर्वाचन क्षेत्र नम्बर ९ बाट नेकपा (एमाले) का उम्मेदवार डा अजयक्रान्ति शाक्य पनि जनताको मत मागिरहेका छन् । नेता शाक्यको आफ्नै प्रतिवद्धता छ, जसले उनी जनताको मत पाउनेमा अपेक्षित छ ।
शाक्य शैक्षिक, बौद्धिक र राजनीतिक अनुभवलाई सँगसँगै बोकेका छन् । नेता शाक्यको जन्म लगन काठमाडौंमा भएको हो । उनको स्थायी ठेगाना काठमाडौं महानगरपालिका–न्हायकः वहिलमा रहेको छ ।
शैक्षिक पृष्ठभूमिका हिसाबले डा अजयक्रान्ति शाक्यले विद्यावारिधि गरेका छन् । उनले बौद्ध दर्शन, संस्कृति र शाक्य समुदायसम्बन्धी विषयमा गहिरो अनुसन्धान गरेका छन् ।
काठमाडौं उपत्यकाका शाक्य समुदायको इतिहास, परम्परा र बौद्ध धर्मसँगको सम्बन्धबारे उनले लेखेको पुस्तक उनको बौद्धिक पहिचानको महत्वपूर्ण आधार मानिन्छ । उनी बौद्ध विकास तथा अनुसन्धान केन्द्रसँग पनि आवद्ध रहँदै आएका छन्, जसले शाक्यलाई धार्मिक–सांस्कृतिक क्षेत्रमा समेत सक्रिय बनाएको छ ।
राजनीतिक रूपमा डा शाक्य लामो समयदेखि नेकपा (एमाले) मा सक्रिय छन् । उनी पार्टीको केन्द्रीय कमिटी सदस्य हुन् । २०७४ सालको निर्वाचनमा उनी काठमाडौं–९ (क) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भइ मन्त्रीसमेत भइसकेका छन् । उनी मन्त्री हुँदा विभिन्न कार्य गरेर जनताको मन जितेका थिए । त्यसैले उनलाई विधायिका र प्रदेश सरकार सञ्चालनको प्रत्यक्ष अनुभव रहेको छ ।
प्रदेशसभा सदस्यको भूमिकामा रहँदा उनी विकास निर्माण, सामाजिक न्याय र नीति कार्यान्वयनमा संलग्न रहेका थिए । शाक्यले काठमाडौं–९ मा विकास निर्माण, सामाजिक न्याय, बौद्ध संस्कृति संरक्षण, शिक्षा र युवा सशक्तीकरणलाई मुख्य एजेन्डा बनाएका छन् ।
उनी एमालेको ‘सुशासन र समृद्ध नेपाल’को नीतिअनुसार जनताको आधारभूत आवश्यकता पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्छन् ।
राजनीति, बौद्ध अनुसन्धान र सामाजिक सेवालाई जोडेर काम गर्ने उनको अनुभवले काठमाडौं–९ मा दीर्घकालीन र संरचनागत परिवर्तन ल्याउन सक्ने दाबी शाक्यको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
