धादिङ । धादिङमा यात्रुबाहक बस दुर्घटनामा परेको छ । पोखराबाट काठमाडौ जादै गरेको यात्रुबाहक बस धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका-५ भैंसिगौडामा दुर्घटना हुदा १७ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुर्घटना रति करिब साढे १ बजे पोखराबाट काठमाडौंतर्फ आँउदै गरेको ग १ ख १४२१ नम्बर यात्रुबाहक बस त्रिशूली नदीको किनारमा खसी दुर्घटना भएको थियो । त्यस्तै दुर्घटनामा परेर २४ घाइते भएको छन् र उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा मृतक र घाइतेको विवरण आउन बाँकी रहेको छ । घटनास्थलमा नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा स्थानीयहरुले उद्वार गरिरहेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-23
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
