काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्याँसको सहज आपूर्ति तथा विक्री वितरणका लागि फ्रेबुअरी महिनाको लागि २ हजार मेट्रिक टन थप गरेको र दैनिक औसत ११० बुलेट ग्याँस आयात भइरहेको जानकारी दिएको छ ।
निगमले काठमाडौं उपत्यकामा बजारीकरण गर्ने करिव २३ वटा ग्यास उद्योगहरु मध्ये केही ग्यास उद्योगहरुको पछिल्लो विक्री वितरणलाई हेर्दा दैनिक करिव ४० हजार सिलिण्डर बजारमा उपलब्ध गराइराखेको जनाएको छ ।
निगमबाट एल.पि.ग्यास वितरणलाई सहज गर्न निरन्तर प्रयासका बाबजुद पनि हाल काठमाडौं उपत्यकामा ग्यासको माग उच्च नै देखिएको अवस्थामा काठमाडौं उपत्यकामा बजारीकरण गर्ने केही ग्यास उद्योगहरु मध्ये हाल बजारमा अभाव देखिएका नेपाल ग्यास, एभरेष्ट ग्यास, साइवावा ग्यास तथा श्री कृष्ण ग्यास ब्राण्डका ग्यास सिलिण्डरहरु डिलर मार्फत नपाएको अवस्थामा निगमको हटलाईन नम्बर ०१-५९७१९०२ ( कार्यालय समय भित्र) मा सम्पर्क गर्न आग्रह गरेको छ ।
साथै निगमले तत्काल आवश्यक मात्रामा ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न अनुरोध गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-10
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
