काठमाडौँ । वरिष्ठ कलाकार सुनील थापाको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
पशुपति आर्यघाटमा सिनेमा क्षेत्रका र सर्वसाधारणको ठुलो उपस्थितिमा थापाको अन्तिम संस्कार गरिएको हो । उनको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर अन्तिम बिदाइ गरिएको थियो ।
यसअघि आइतबार चलचित्र विकास बोर्डमा उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । उनलाई ठुलो संख्यामा कलाकर्मी तथा सर्वसाधारण उपस्थित भएर अन्तिम श्रद्धान्जली दिएका थिए ।
उनको परिवार मुम्बईमा बस्दै आएकाले उनीहरु काठमाडौँ आएका थिए । थापाको शनिबार थापाथलीस्थित नर्भिक अस्पतालमा ६८ वर्षको उमेरमा निधन भएको थियो । उनका थापाका श्रीमती, एक छोरा र एक छोरी छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-08
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
