काठमाडौं । अहिले देशका धेरैजसो ठाउँमा बदली र केही ठाउँमा बर्षा भइरहेको छ । नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीकोसमेत प्रभाव रहेकोले बदली र बर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
आज देशका सबैजसो ठाउँमा बदली भएर मध्य र पूर्वका धेरैजसो ठाउँमा बर्षाको सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए । साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भारी बर्षाकोसमेत सम्भावना रहेको उनले बताए ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै ठाउँमा हल्का हिमपातको सम्भावना पनि रहेको छ । पहाडीमा मेघ गर्जन सहित चट्याङ तथा मध्य र पूर्वका धेरै ठाउँमा हावाहुरीको सम्भावना रहेकोले सचेत रहन महाशाखाले अनुरोध गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-05-12
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
