काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक मधेश प्रदेशको रौतहट-१ पनि रहेको छ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपाल यस क्षेत्रबाट उम्मेदवार बनेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा राजदेवी नगरपालिका, गौर नगरपालिका, माधवनारायण नगरपालिका, यमुनामाई गाउँपालिका, दुर्गा भगवती गाउँपालिका, गरुडा नगरपालिकाको वडा १ र गढीमाई नगरपालिकाको वडा नम्बर ६, ७ र ८ रहेका छन् ।
निर्वाचन आयोगका अनुसार रौतहट-१ मा यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ८ हजार ७२६ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १३२ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०७९
२०७९ सालको निर्वाचनमा रौतहट-१ बाट तत्कालिन एकीकृत समाजवादीबाट माधवकुमार नेपाल विजयी भएका थिए । काँग्रेस र तत्कालिन माओवादी केन्द्रसँग गठबन्धन गरेर चुनाव लडेका नेपालले ३३ हजार ५२२ मत प्राप्त गरेका थिए ।
त्यस्तै दोस्रो भएका नेकपा एमालेका अजय कुमार गुप्ताले भने २६ हजार ९२२ मत पाएका थिए ।
२०७९ मा समानुपातिकतर्फ नेपाली काँग्रेसले सर्बाधिक १९ हजार ११९ मत प्राप्त गरेको थियो भने एमालेले ११ हजार ८९, एकीकृत समाजवादीले ९ हजार ५७८, जसपा नेपालले ६ हजार ९३५, जनमतले ६ हजार २८८, तत्कालिन माओवादी केन्द्रले २ हजार ७९१ मत प्राप्त गरेको थियो ।
उम्मेदवार- २०८२
यस निर्वाचनमा रौतहट- १ राजनीतिक दल र स्वतन्त्र गरेर ३९ उम्मेदवार रहेका छन् । यस पटक नेकपाबाट माधवकुमार नेपाल उम्मेदवार बनेका छन् । त्यस्तै नेपाली काँग्रेसले अनिल कुमार झालाई उम्मेदवार बनाएको छ । लोसपा छोडेर नेपाल सदभावना पार्टीलाई पुनर्जीवित गरेका झा अन्तिम समयमा काँग्रेसमा प्रवेश गरेर उम्मेदवार बनेका छन् । त्यस्तै यस क्षेत्रमा एमालेले अजय कुमार गुप्तालाई यस पटक पनि उम्मेदवार बनाएको छ । त्यसैगरी यस क्षेत्रमा रास्वपाले राजेश कुमार चौधरीलाई उम्मेदवार बनाएको छ भने जसपा नेपालले योगेन्द्र राय यादवलाई र जनमतले देवेन्द्र मिश्रलाई उम्मेदवार बनाएको छ ।
निष्कर्ष:
यस निर्वाचनमा माधव नेपाललाई गार्हो हुने देखिएको छ । गत निर्वाचनमा काँग्रेससँगको गठबन्धनका कारण जित हासिल गरे पनि यस पटक सबै दल अलग अलग उम्मेदवार भएकाले नेपालको स्नाक्त बढेको हो । माओवादी केन्द्रसँग एकता गरेर नेकपा बनाएपछि पनि गत निर्वाचनको समानुपातिकको हेर्दा दुवै दलको कुल मत ११ हजार रहेको छ । सो मत सबै पाएपनि जितका लागि पर्याप्त हुने देखिदैन । त्यसैले यस निर्वाचनमा रौतहट- १ मा एमाले र काँग्रेसको प्रतिष्पर्धा हुने देखिएको छ । गत निर्वाचनमा एक्लै चुनाव लड्दा पनि एमालेका अजय कुमार गुप्ताले २६ हजारभन्दा बढी मत प्राप्त गरेकाले उनी यस चुनावमा राम्रो अवस्थामा देखिएका छन् । साथै जसपा नेपाल र जनमतका उम्मेदवारले कति मत प्राप्त गर्छन् भन्नेमा पनि यस क्षेत्रको चुनावको नतिजा आउने देखिन्छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-07
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
