
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो २ बजे बस्दैछ । आज पहिलो दिनको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ ।
यही अधिवेशनमा आउँदो आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । अघिल्ला वर्षहरुमा बजेट अधिवेशनकै बेलामा प्रि–बजेट छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तबारे हिउँदे अधिवेशनमै छलफल भइसकेको छ ।
सङ्घीय संसद सचिवालयले बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने तयारी गरेको छ । सभामुख घिमिरेले हिजो प्रतिनिधिसभामा रहेका मुख्य पाँच दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएर अधिवेशनको पहिलो दिन शीर्ष नेताहरुले शुभकामना दिने अभ्यास रहेको भन्दै यसका लागि सहज वातावरण बनाइदिन आग्रह गरेको छ । तर सहकारीको रकम हिनामिनाबारे गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी कांग्रेसको अडान कायमै रहेकाले बैठक निष्कर्षविहीन भएको छ ।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री लामिछानेलाई संसदमा बोल्न दिने वा नदिने विषयमा आज बिहान धारणा बनाउने जानकारी दिनुभएको छ । कांग्रेसको संसदीय दलको बैठक अहिले बिहान बस्दैछ । कांग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २८ बैशाख २०८१, शुक्रबार ०८:३१
दुर्गा प्रसाइँलाई पक्राउ गरी काठमाडौं ल्याइँदै

नाइट क्लबको छत भत्किँदा मृत्यु हुनेको सङ्ख्या २१८ पुग्यो

नेपाल बारको अध्यक्षमा मिश्र निर्वाचित

महान् फुटबलर रोबर्टो कार्लोस वैशाख ५ गते नेपाल आउने

दुर्गा प्रसाईं भारतमा समातिएको चर्चा: प्रहरीले भन्यो, ‘पक्राउ परेका छैनन्’

शब्दयात्रा प्रकाशनद्वारा ८ जना वाङमयसेवीहरू सम्मानित र ४ वटा पुस्तक विमोचन
