काठमाडौं । भारतको पञ्जाबको जालन्धरमा आम आदमी पार्टीका नेता लकी ओबेरोयको गोली हानी हत्या गरिएको छ ।
शुक्रबार बिहान लकी ओबेरोय मोडेल टाउनको गुरुद्वाराबाट फर्किरहेका बेला यो घटना भएको बताइएको छ । आक्रमणकारीहरूले आठदेखि दस राउन्ड गोली चलाएको बताइएको छ ।
आक्रमणकारीहरूले गाडीमा यात्रा गरिरहेका लकीमाथि आठदेखि दस गोली प्रहार गरेका थिए, जसबाट उनको छाती र टाउकोमा लागेको थियो । लकी ओबेरोयले काउन्सिलरको चुनावमा उम्मेदवारी दिएका थिए ।
प्रदेशमा आफ्ना पार्टीको सरकार रहेको भएपनि आफ्नै नेता माथि आक्रमण भुएको भन्दै विपक्षीहरुले पञ्जाव सरकारको आलोचना गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-02-06
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
