चरिकोट बजारमा बालेन शाहसहित रास्वपाको घण्टी कार्यक्रम

दोलखा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह र दोलखा क्षेत्रका पार्टी उम्मेदवारले चरिकोट बजारमा घण्टी बजाउने कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रमका क्रममा उनीहरूले स्थानीय जनता, व्यापारी र मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै पार्टीको चुनावी एजेन्डा र सन्देश प्रस्तुत गरेका हुन्।स्थानीयले कार्यक्रममा उत्साहका साथ सहभागी भएर चुनावी संवादलाई स्वागत गरेका छन्। बालेन शाहको यो गतिविधि आगामी प्रतिनिधि सभा निर्वाचनमा जनमत संकलनको प्रयासको अङ्ग मानिएको छ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-02-06