काठमाडौं । पानी परेपछि देशका सबैजसो ठाउँको डढेलो निभेको छ । चार सयभन्दा धेरै ठाउँमा सक्रिय डढेलो रहेकोमा अहिले देशको सबैजसो सठाउँमा डढेलो निभेको वन तथा भूसंरक्षण विभागको डढेलो अनुगमन प्रणालीले जनाएको हो ।
आइतवार र सोमवार परेको पानीले पूर्व र मध्य क्षेत्रको डढेलो निभाएको थियो । अस्ति र हिजोको पानीले तराई र पश्चिम क्षेत्रकोसमेत डढेलो निभाएको हो । पानी परेको र डढेलो पनि निभेका कारण वायुको गुणस्तर पनि सुधार भएको छ । वातावरण विभाग अन्तर्गतका सबैजसो वायु गुणस्तर मापन केन्द्रहरुले वायु गुणस्तर मापन सूचक एक्यूआई एकसय भन्दा तल झरेको देखाएका छन् ।
यसअघि सबैजसो केन्द्रमा एक्यूआइ एक सय ५० भन्दा माथि थियो । एक्यूआई एक सय ५० भन्दा माथि जाँदा त्यहाँको हावा अस्वस्थ हुन्छ । यस्तै बादल र वर्षासँगै गर्मी पनि घटेको छ । लामो खडेरीले आजित भएका किसानलाई पानी परेपछि राहत मिलेको छ ।
मौसम पूर्वानुमान् महाशाखाले पर्सि शनिवारसम्म नै पानी पर्ने जनाएको छ । महाशाखाकाअनुसार आज कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । अरु ठाउँमा पनि हल्का पानी पर्ने महाशाखाले जनाएको छ । आजको तुलनामा भोलि कम पानी पर्ने र पर्सि शनिवार फेरि धेरै पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-05-09
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
