
काठमाडौं । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको छ । कोशी, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा हावाहुरी, मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
आज र भोलि गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई ठाउँमा ठूलो पानी पर्ने तथा अरु केहि ठाउँमा हल्का वर्षाको सम्भावना छ । महाशाखाकाअनुसार अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली, गण्डकी, बाग्मती र कोशी प्रदेशमा मौसम आंशिकदेखि सामान्य बदली रहेको छ ।
गण्डकी, बाग्मती र कोशी प्रदेशका एक–दुई ठाँउमा हल्कादेखी मध्यम वर्षा भइरहेको छ । दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।
आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १६ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव ५ डिग्रीसम्म पुग्ने अनुमान छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २५ बैशाख २०८१, मंगलवार ०८:१२
भोली देखि देशभर अनिश्चितकालीन यातायात बन्द हुने घोषणा

चन्द्रागिरिमा भएको दुर्घटनामा महिलाको मृत्यु

Prachanda says Maoist awakening campaigns are mobilizing communities nationwide

कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि
