वायुसेवा निगमको महाप्रबन्धक छनोट रोक्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगम महाप्रबन्धक छनोट प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासले प्रक्रिया अगाडि नबढाउन आदेश दिएको हो ।

निर्वाचन आचारसंहिता लागिसकेको अवस्थामा महाप्रबन्धक छनोट गर्न नमिल्ने दाबी गर्दै सर्वोच्च अदालतमा चीरञ्जीवी उपाध्यायले रिट दायर गरेका थिए । अदालतले पर्यटन मन्त्रालय समेतलाई यस मुद्दामा कारण देखाऊ आदेश पनि जारी गरेको छ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-01-30