काठमाडौं । जारी आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यस अन्तर्गत नेपालले जिम्बाबेलाई पराजित गरेको छ । शनिवार टियु क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो ।
जिम्बाबेले दिएको १३० रनको लक्ष्य पछाएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा पूजा महतोले अविजित ५२ रन बनाएकी थिइन् ।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा ६ विकेट गुमाउदै १२९ रन बनाएको थियो । जिम्बाबेको लागि केलिस एनधलोभले अविजित ५२ रन बनाएकी थिइन् भने बेलाभ्ड विजाले ३४ रन बनाएकी थिइन् । त्यस्तै नेपालका लागि बलर रिया शर्माले २ विकेट लिएकी थिइन् भने कबिता कुवेर, पूजा महतो, सिता राना मगर र रुबिना क्षेत्रीले एक एक विकेट लिएकी थिइन् ।
यो नेपालको जारी प्रतियोगितामा तेस्रो खेलमा पहिलो जित हो । अब नेपालले आफ्नो समुह चरणको अन्तिम खेल सोमबार स्कटल्याण्डविरुद्ध खेल्ने तालिका रहेको छ । त्यस्तै प्रतियोगितामा जिम्बाबेले भने लगातार तेस्रो हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-24
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
