
जनकपुरधाम । सप्तरीमा आगलागीबाट एउटा टोल वस्ती नै खरानी भएको छ । सप्तरीको महदेवा गाउँपालिका–१ चिमटिमा मंगलबार साँझ आगलागी हुँदा ११० घर जलेर नष्ट भएका छन् ।
मंगलबार साँझ ५ बजे अचानक आगलागी हुँदा केही गोठसहित ११० घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यले जानकारी दिए ।
उनका अनुसार आगलागी ६ वटा वारुणयन्त्र, १०० सय बढी सुरक्षाकर्मी र स्थानीयको सहयोगमा ५ घन्टापछि राति १० बजे नियन्त्रणमा लिइएको थियो । कसरी आगलागी भएको हो भन्नेबारे अनुसन्धान भइरहेको र क्षतिको यकिन विवरण आउन बाँकी रहेको उनले बताए ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १९ बैशाख २०८१, बुधबार ०८:२९
कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण
