काठमाडौं । सरकारले सिद्धार्थ राजमार्ग सुधारका लागि एशियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सिद्धार्थ राजमार्गको बुटवल-पोखरा क्षेत्र सुधारका लागि २ मिलियन अमेरिकी डलर बराबरको अनुदान स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
त्यस्तै बैठकले भदौ २३ र २४ गतेको घटनाको जाँचबुझ आयोगको म्याद २० दिन थप्ने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिएका छन् । आयोगको पदावधि यसअघि एक महिनाको थपिएको थियो । असोज ८ गतेदेखि काम थालेको आयोगको गत पुस ८ गते एक महिना म्याद थपिएको थियो, जुन आज सकिदै थियो ।
आजको बैठकले गृहमन्त्री अर्याललाई सरकारको प्रवक्ता तोक्ने निर्णय समेत गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-22
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
