काठमाडौं । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजको इन्जिन नियमित मर्मतका लागि गृहकार्य भइरहेको छ ।
निगमको वाइडबडी जहाजको इन्जिन नियमित Repair/overhaul गर्नु पर्ने अवधि करिब एक वर्ष बाँकी रहँदा निगमका कार्यकारी संचालक अमृतमान श्रेष्ठ नियुक्त भएसँगै अन्तर्राष्ट्रिय बोलपत्रद्धारा इन्जिन Repair/overhaul गर्ने MRO छनौट गर्ने सम्बन्धी बोलपत्र तयार गर्न सात सदस्यीय एक उपसमिति गठन गरिएको छ ।
उक्त समितिले बोलपत्र तयार तथा आव्हान गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको निगमले जनाएको छ । निगमका अनुसार अबको केही दिनमै उक्त कार्यको सार्वजनिक सूचना जारी हुनेछ । निगम सरकारी स्वामित्वको संस्था भएकाले सार्वजनिक खरिद ऐन, विधि, प्रक्रिया तथा अन्तर्राष्ट्रिय मापदण्डसमेत पूरा गरी निगमले कार्य अगाडि बढाएको हो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-21
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
