नेपाल वायुसेवा निगमका चार वटै जहान नियमित उडानमा

काठमाडौं । नेपाल वायुसेवा निगमको अब चार वटै जहान नियमित उडानमा आएको छ । निगमको न्यारोबडी A320 जहाजको इन्जिन मर्मतपछि नियमित उडानमा आएको छ । यससँगै निगमको चार वटै विमान नियमित उडानमा आएको हो ।

निगमको न्यारोबढी A320 का जहाज मर्मतको क्रममा विविध कारण लामो समयदेखि इजरायलस्थित Israel Aerospace Industry (IAI) मा रहेको थियो । तर, अहिले उक्त जहाज इन्जिन मर्मत् तथा भाडा खर्चसम्बन्धी विषयमा निगम र इजरायलस्थित आइएआई (IAI) बिच मौजुदा रहेको Maintenance with lease support सम्झौताको आधारमा वार्ताको माध्यमबाट समझदारी (MOU) सम्पन्न गरी इन्जिन जडान तथा प्राविधिक प्रक्रिया सम्पन्न भई १९ जनवरी २०२६ मा इजरायलको Tel aviv – Dubai हुँदै Dubai-Kathamndu नियमित उडानमार्फत् काठमाडौं आइपुगेको र निगमको न्यारोवडी (9N-AKX जहाज नियमित उडान तालिकामा फर्केको निगमले जानकारी दिएको छ ।

निगमका कार्यकारी सञ्चालक अमृतमान श्रेष्ठ र निगम उच्च व्यवस्थापनको निरन्तर प्रयासमा विगत लामो समयदेखि विवादमा रहेको विषय टुंगिएको र १२ महिनाको इन्जिन भाडा र इन्जिन जडान बापतको खर्च रकम मिनाहा भई क्षतिपूर्तिस्वरुप निगमले प्राप्त गरी आफ्नै इन्जिन जडान भई काठमाडौं फर्किएसँगै चारवटै जहाजबाट नियमित उडान भइरहेको निगमले जनाएको छ ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-01-21