काठमाडौँ । नेपाली काँग्रेसमा भएका सहमतिका प्रयास निष्कर्षमा पुग्न नसक्ने संकेत देखिएको छ । विशेष महाधिवेशन पक्षधरले राखेको नेतृत्व परिवर्तनको अडान संस्थापन पक्षले अस्वीकार गरेपछि काँग्रेस नयाँ नेतृत्व चयनको बाटोमा अगाडी बढेको हो ।
विशेष महाधिवेशनको निर्वाचन समितिले मनोनयन दर्ताका लागि आज बिहान ८: १५ बजेदेखि ९: १५ बजेसम्मको समय थप गरेको छ ।
सभापति शेरबहादुर देउवाले तत्काल नेतृत्व छोड्न तयार नभएपछि वार्ता निष्कर्षमा नपुगेको बताइएको छ । अब महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने गृहकार्यमा जुटिसकेका छन् । संस्थापन र विशेष महाधिवेशन पक्षधर नेताहरू सहमति जुटाउन समिति नै बनाएर संवाद गरेका थिए ।
विशेष महाधिवेशनलाई केन्द्रीय कार्यसमितिबाट स्वामित्व लिन र हलबाट पारित भएको नीति तथा पार्टी सुधारका प्रस्तावलाई कार्यान्वयनमा लैजान संस्थापन पक्ष तयार भएपनि सभापति देउवाले पद छोड्नुपर्ने मागमा संस्थापन पक्ष तयार नभएको बताइएको छ ।
मंगलबार साँझसम्म वार्ता सकारात्मक भएको भन्दै विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका आजका लागि सारिएको थियो भने संस्थापन पक्षले बोलाएको केन्द्रीय समितिको बैठक पनि आजका लागि सारिएको थियो ।
वार्तामा विशेष महाधिवेशन पक्षधरले विशेष महाधिवेशनबाटै नयाँ केन्द्रीय कार्यसमिति निर्वाचन गर्ने, दोस्रो सभापतिले राजीनामा दिने र नेतृत्वमा मात्रै निर्वाचन गर्ने, तेस्रो संस्थापन पक्षले चाहेकै व्यक्तिसमेत हुने गरी अन्तरिम सभापति बनाउने प्रस्ताव गरेको थियो ।
यी प्रस्तावमा संस्थापन तयार नभएपछि पार्टी संचालन गर्न सभापतिलाई ‘सेरेमोनियल’ भूमिकामा राखेर कार्यवाहक सभापति, महामन्त्रीद्वय र १४औं महाधिवेशनका मुख्य प्रतिस्पर्धी नेतासहितको ‘हाइकमान्ड’ मार्फत पार्टी सञ्चालन गर्ने विकल्प अघि सारिएको थियो र त्यो विकल्पलाई पनि संस्थापन पक्षले अस्वीकार गरेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-14
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
