मुस्ताङ, हावाहुरीका कारण केन्द्रीय विद्युत् प्रसारण लाइनमा क्षति पुगेपछि मुस्ताङका पाँच वटै स्थानीय तहमा शनिबार साँझदेखि नियमित विद्युत् सेवा अवरुद्ध भएको छ।निलगिरि उपभोक्ता सहकारी संस्थाका अनुसार घरपझोङ–३ बाट वितरण हुँदै आएको विद्युत् सेवा थासाङ गाउँपालिका–४ मिसीस्थित केन्द्रीय प्रसारण लाइनको खम्बामा हावाहुरीले क्षति पुर्याएपछि रोकिएको हो।
कार्यालय प्रमुख सनप्रसाद थकालीका अनुसार विद्युत् सेवा पछिल्लो ४८ घण्टादेखि अवरुद्ध छ।यसअघि थासाङ–२ स्थित ३३ केभी सवस्टेसन मर्मतका लागि विद्युत् काटिएको थियो। तर आइतबार राति आएको हावाहुरीले खम्बामा थप क्षति पुर्याएपछि समस्या झन् बढेको हो।
क्षतिग्रस्त स्थानमा नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली मर्मतका लागि परिचालित भइसकेका छन्।थासाङ–१ टुकुचेमा १३ मेगावाट क्षमताको थापाखोला हाइड्रोपावरले विद्युत् उत्पादन गरिरहे पनि माथिल्लो क्षेत्रमा सवस्टेसन नहुँदा केन्द्रीय लाइनमा समस्या आउँदा सम्पूर्ण मुस्ताङ अन्धकारमय हुने गरेको थकालीले बताए।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-12
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
