काठमाडौँ, शेरबहादुर देउवाले नेपाली कांग्रेसको विशेष महाधिवेशनका क्रममा उत्पन्न आन्तरिक संकटबारे छलफल गर्न सोमबार दिउँसो आफ्नै निवास महाराजगञ्जमा आपत्कालीन बैठक बोलाएका छन्।भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा महासचिवद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले देउवा नेतृत्वको समितिविरुद्ध प्रतिनिधिहरू परिचालन गरेपछि पार्टीमा तनाव बढेको हो।
महाधिवेशनले देउवा नेतृत्वको समिति विघटन प्रस्तावसमेत पेश गरिसकेको छ।स्रोतका अनुसार बैठकमा पार्टीसम्बद्ध कानुनविद् र वरिष्ठ नेताहरूसँग महाधिवेशनका निर्णयविरुद्ध कानुनी विकल्पबारे छलफल भएको छ। नेतृत्व र नीतिगत बहस चर्किँदै जाँदा देउवासँगै वरिष्ठ नेता शेखर कोइरालासमेत दबाबमा परेका छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-12
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
