काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस पनि बदलिने र देश पनि बदल्ने बताएका छन् ।
काँग्रेसको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले आफुहरुले काँग्रेस पनि बदल्ने र देश पनि बदल्ने बताएका हुन् । उनले भने- ‘हामी नेपाली काँग्रेसलाई पनि बदल्छौँ र देशलाई पनि बदल्छौँ । जसले आफुलाई बदल्न सक्छ त्यसले देशलाई पनि बदल्न सक्छ ।’
विशेष महाधिवेशनले पार्टी भित्र नयाँ आत्मविश्वास जगाउने र देशमा पनि नयाँ आशा जगाउने बताउदै पार्टीमा भएका कमजोरीको जिम्मेवारी ड्राइभिङको सिट नजिक बसेको नाताले आफुहरुले पनि लिने र कमजोरी सच्याएर अगाडी बढ्ने उनले बताए ।
महामन्त्री शर्माले आफुहरु नयाँ ढंगले अगाडी बढ्ने संकल्प गरेको भन्दै आफुहरु चुकेको ठाउबाट सच्याएर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले काँग्रेसलाई बलियो बनाउन मात्र विशेष महाधिवेशनमा नआएको भन्दै मूल प्रश्न कमजोर भएको देशलाई बलियो बनाउने भन्ने हो । उनले नेपाल र नेपालीवीच विश्वास र मन जलेको बताउदै मनहरुलाई जोड्ने संकल्पका साथ नेपाली काँग्रेस विशेष महाधिवेशनमा उभिएको बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2026-01-11
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
