स्तन क्यान्सर तथा पाठेघर क्यान्सरविरुद्ध उत्प्रेणामुलक कार्यक्रम सम्पन्न (फोटोफिचर)

काठमाडौं । नेपाल क्यान्सर निवारण प्रतिष्ठान, मा बगलामुखी उपभोक्ता सहकारी संस्था तथा काठमाडौं क्यान्सर सेन्टर, निर्णय एनएसके टुर फर एजुकेशन र रातोचन्द्रसूर्य डटकम, कोन्ति सक्रिय महिला बचत समूह, लाइन्स क्लव अफ काठमाडौ गौरीशंकर, लाइन्स क्लव अफ सेशमती, लाइन्स क्लव अफ काठमाडौं टेम्पल भ्यालीको संयुक्त आयोजनामा स्तन क्यान्सर तथा पाठेघर क्यान्सरविरुद्ध उत्प्रेणामुलक कार्यक्रम सम्पन्न भएको छ ।

ललितपुरस्थित मा बगलामुखीको मुख्य कार्यालय ललितपुरमा सम्पन्न कार्यक्रममा क्यान्सर उत्पे्ररणा रोकथामको लागि विभिन्न कार्यक्रमहरु संयुक्तरुपमा अघि बढाइरहेको नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरि गोपाल प्रधानले जानकारी गराएका थिए ।

उक्त उत्पे्ररणामूलक कार्यक्रमलाई नेपाली समुदायमाझ शसक्तरुपमा अघि बढाइ क्यान्सर रोग लाग्नुका कारण, रोकथाम र रोग लागिसकेपछि गरिने उपचारात्मक उपायहरुबारे वरिष्ठ उपाध्यक्ष निर्णय एनएसकेले जानकारी गराएका थिए ।

कार्यक्रममा मेडिकल अनकोलोजिष्ट डा. सुनिल श्रेष्ठले आफ्नो प्रस्तुतीद्वारा सो सहकारीका सदस्यहरुलाई क्यान्सरसम्बन्धी विचार राखेका थिए । यस्तै, कार्यक्रमलाई नेपाल क्यान्सर निवारण प्रतिष्ठानको तर्फबाट उपाध्यक्ष सागर कट्वालले उद्घोषण गर्नुका साथै युविका श्रेष्ठ, आकाशराज झा र वर्षा कोइरालाले सहयोगीको भूमिका निर्वाह गरेका थिए ।

मा बगलामुखीका प्रबन्धक सुनिल महर्जनले उपस्थितजनलाई खादा लगाई स्वागत गरेका थिए भने कोन्ति सक्रिय महिला बचत समूहका अध्यक्ष रमिता महर्जनले आफ्ना समूहले यस्ता कार्यक्रममा सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । मा बगलामुखी उपभोक्ता सहकारी संस्था अध्यक्ष लक्ष्मण महर्जनले आमन्त्रित अतिथिहरुलाई मायाको चिनो प्रदान गरि यस्ता कार्यक्रमहरु निरन्तरता दिने बताएका थिए ।

कार्यक्रममा उपस्थित सदस्यहरु हिरा बज्राचार्य, मंगलादेवी श्रेष्ठ, कृष्णादेवी तण्डुकार, अम्बिका तण्डुकार, नछे माया, आशा रत्न, शान्ति तण्डुकार, ज्ञानु तण्डुकार, अन्जु तण्डुकार, सानु माया तण्डुकर, सविता बज्राचार्य, बिना तण्डुकार, सुरक्ष्य तण्डुकार, सञ्जिता तण्डुकार पूर्ण माया महर्जन, शोभा डंगोल, रितु तण्डुकार, सुप्रिया शाक्य, झरना रेग्मी, रमिता महर्जन, पूर्णमाया तण्डुकार, मञ्जु तण्डुकार, कञ्चना नापित, शोभा तण्डुकार, मिना तण्डुकार, धनमाया तण्डुकार, सविता तण्डुकार, ज्ञानु माया तण्डुकार, रविता तण्डुकार, संगीता तण्डुकार, सानु मैया महर्जन, करुणा महर्जन, लक्ष्मी तण्डुकार, रजनी नापित, नारायणदेवी तण्डुकार लगायतको उपस्थिति रहेको थियो ।

रातोचन्द्रसुर्य डेस्क

प्रकाशित: 2026-01-01