मस्को, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ले पश्चिमा देशहरूले रुसको अस्तित्व र राष्ट्रिय स्वार्थलाई सम्मान गरे युक्रेनपछि अर्को कुनै पनि सैन्य कारबाही नहुने स्पष्ट पारेका छन्।आफ्नो वार्षिक प्रेस सम्मेलनका क्रममा साढे चार घण्टा लामो टेलिभिजन कार्यक्रमलाई सम्बोधन गर्दै पुटिनले रुसले युरोपेली देशहरूमाथि आक्रमण गर्ने योजना बनाइरहेको भन्ने दाबीलाई ‘बेतुका’ भन्दै खारेज गरे।
उनले रुससँग इज्जतका साथ व्यवहार गरिए र उसका राष्ट्रिय स्वार्थहरूको ख्याल गरिए भविष्यमा थप युद्धको आवश्यकता नरहने बताए।BBC का रुस सम्पादक Steve Rosenberg ले सोधेको ‘के भविष्यमा अर्को कुनै विशेष सैन्य अपरेसन हुनेछ?’ भन्ने प्रश्नको जवाफ दिँदै पुटिनले शान्तिको सर्त सम्मान भएको उल्लेख गरे। उनले भने, “यदि तपाईंहरू हामीसँग इज्जतका साथ प्रस्तुत हुनुहुन्छ र हाम्रा स्वार्थहरूको सम्मान गर्नुहुन्छ भने कुनै पनि अर्को सैन्य कारबाही हुनेछैन।”
यसअघि पनि पुटिनले रुस युरोपसँग युद्ध गर्ने योजनामा नरहेको तर युरोपेली देशहरूले चाहेमा रुस त्यसका लागि ‘अहिले नै’ तयार रहेको चेतावनी दिँदै आएका छन्। सन् २०२२ को फेब्रुअरीदेखि Ukraine मा पूर्ण शक्तिका साथ आक्रमण सुरु गरेको Russia ले हाल युक्रेनी भू–भागको ठूलो हिस्सा आफ्नो नियन्त्रणमा राखेको बताइन्छ।पुटिनको पछिल्लो भनाइलाई विश्व राजनीतिमा पश्चिमा मुलुकहरूका लागि कूटनीतिक सन्देश र चेतावनीका रूपमा हेरिएको छ। उनले रुसलाई कमजोर नठान्न र आफ्नो सुरक्षा चासोमा गम्भीर हुन अन्तर्राष्ट्रिय समुदायलाई पुनः सचेत गराएका छन्।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-20
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
