काठमाडौं, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र Chinese Embassy in Nepalका कन्सुलर Zhu Fengले संयुक्त रूपमा एक विशेष कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको छ।
उद्घाटन समारोहमा बोल्दै मन्त्री खरेलले सूचना तथा सञ्चार क्षेत्रको विकासमा अन्तर्राष्ट्रिय सहकार्यको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले नेपाल र चीनबीच लामो समयदेखि रहँदै आएको मैत्रीपूर्ण सम्बन्धलाई आगामी दिनमा सूचना, प्रविधि र सञ्चारका क्षेत्रमा अझ विस्तार गरिने विश्वास व्यक्त गर्नुभयो।
त्यस अवसरमा चिनियाँ दूतावासका कन्सुलर झु फेङले नेपाल–चीन सम्बन्ध आपसी सम्मान र सहयोगमा आधारित रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरूले दुवै देशबीचको सहकार्यलाई थप मजबुत बनाउने धारणा राख्नुभयो ।कार्यक्रममा सरकारी अधिकारी, कूटनीतिक प्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-18
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
यातायातका काम साउन ८ गतेपछि मात्र हुने
