बुटवल, उच्च अदालत बुटवल तुलसीपुरको बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटी रकम बुझाएर रिहा गर्न आदेश दिएको छ।बिहीबार न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले रवि लामिछानेले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै बिगो बमोजिमको धरौटी रकम बुझाएपछि रिहा गर्न आदेश दिएको हो।
अदालतका रजिस्ट्रार अमित उप्रेतीले सेतोपाटीसँग कुरा गर्दै भने, “उहाँले पेस गर्ने भनेको धरौटी स्वीकार गर्ने आदेश भएको छ। उहाँले राख्ने भनिएको दुई करोड ६८ लाख रुपैयाँ तथा जिल्ला अदालतले कायम गरेको एक करोड रुपैयाँभन्दा बढी रकम धरौटीस्वरूप बुझाएपछि रिहा गरिनेछ।”
अदालतको आदेशअनुसार अब रवि लामिछानेलाई रिहा हुनका लागि रूपन्देही जिल्ला अदालतमा पुनः निवेदन दिनुपर्नेछ। उक्त निवेदनमार्फत धरौटी रकम बुझाएपछि मात्रै उनी रिहा हुनेछन्।
.
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-18
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
