काठमाडौँ, हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गरिएका अधिकांश बिरामीमा उच्च रक्तचाप, दम–खोकी, मधुमेह तथा मुटुरोगको समस्या देखिएको छ।नेपाल हार्ट फाउण्डेशन, पाटन रोटरी क्लब, मेडिकेयर अस्पताल र चेपेल फाउण्डेशनको आयोजनामा सम्पन्न दुई दिने स्वास्थ्य शिविरमा करिब ५०० जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. प्रकाशराज रेग्मीका अनुसार परीक्षण गरिएका बिरामीमध्ये झण्डै ७० प्रतिशतमा उच्च रक्तचाप, ५० प्रतिशतमा दम–खोकी, ३० प्रतिशतमा मधुमेह र १५ प्रतिशतमा मुटुरोगको समस्या देखिएको छ। त्यस्तै, जन्मजात मुटुरोग आठ प्रतिशत र बाथ मुटुरोग पाँच प्रतिशतमा रहेको पाइएको छ।
उहाँका अनुसार १५ वटा विद्यालयका करिब दुई हजार पाँच सय बालबालिकाको स्वास्थ्य परीक्षण गर्दा २० जनामा मुटुरोगको समस्या देखिएको छ, जसमध्ये चार जनालाई तत्काल शल्यक्रिया आवश्यक रहेको पाइएको छ।शिविरमा बिरामीहरूको इको तथा इसिजी परीक्षण गरिएको थियो भने लोमस फर्माबाट उपलब्ध गराइएको करिब पाँच लाख रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको थियो। स्वास्थ्य परीक्षणमा डा. उर्मिला शाक्य, प्रेमराज वैद्य, अजय अधिकारी र एञ्जिला वैद्य सहभागी हुनुहुन्थ्यो।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-18
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
