काठमाडौँ, नागढुंगा–नौबिसे–मलेखु सडक खण्डअन्तर्गत नागढुंगादेखि पिप्लामोड र पोखरेभिर क्षेत्रमा आजदेखि सडक कालोपत्रे गर्ने काम सुरु भएको छ।मंसिर २४ गतेदेखि पुस १ गतेसम्म प्रत्येक दिन बिहान १०:३० बजेबाट ३:३० बजेसम्म सडक बन्द गरी स्तरोन्नतिको कार्य भइरहेको सडक विभागले जनाएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरोकारवालासँग समन्वय गर्दै छिटो र प्रभावकारी रूपमा काम सम्पन्न गर्न सडक बन्द गरिएको बताइएको छ।त्रिभुवन राजपथअन्तर्गत पर्ने नागढुंगा–नौबिसे सडकखण्ड अन्तिम चरणमा स्तरोन्नतिको काममा रहेको र काठमाडौं जिल्लाभित्र पर्ने नागढुंगा–पिप्लामोड खण्डलाई उच्च प्राथमिकतामा राखी कालोपत्रे भइरहेको विभागले जानकारी दिएको छ।धादिङतर्फको गल्छी–गजुरी खण्ड साँघुरो र जोखिमपूर्ण भएकाले पोखरेभिर क्षेत्रमा सडक चौडा गर्ने काम पनि एकैसाथ अघि बढाइएको छ।
सडक बन्द हुने समयमा काठमाडौंबाट नौबिसेतर्फ जाने सवारीसाधन नागढुंगा चेकपोस्टमै रोकिएका छन्। तर एम्बुलेन्स, सुरक्षा निकायका सवारी, दमकल तथा शववाहन जस्ता अत्यावश्यक सवारीसाधनलाई ट्राफिक प्रहरीले सहजीकरण गर्दै आवागमन गराइरहेको छ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-12-10
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
